८ बैशाख २०८१, शनिबार

महान्यायाधिवक्ता अग्नि खरेलकाे राजीनामा हल्लामात्रै

प्रकाशित मिति :  23 February, 2021 1:14 pm


काठमाडाैं । महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएकाे भनी सञ्चारमाध्यममा आएका समाचार हल्ला मात्र भएकाे उनकाे निकट स्रोतले जानकारी दिएको छ।

विभिन्न सञ्चारमाध्यममा खरेलले महान्यायाधीवक्ताबाट राजीनामा दिएको खबर आइरहेका बेला उनी निकट स्रोतले मंगलबार बिहानसम्म राजीनामा नदिइएको उल्लेख गरेको हो ।

केही दिन पहिले महान्यायाधीवक्ताको कार्यालयको औपचारिक बैठकमा भने आफूले राजीनामा दिन सक्ने खरेलले बताएका थिए ।तर खरेलले राजीनामा दिएको खबरमा कुनै सत्यता नरहेको महान्यायाधीवक्ताको कार्यालयले जनाएकाे छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महान्यायाधीवक्ता खरेलले राजीनामा गरेको भनी आज बिहानैदेखि फिँजाइएको गलत हल्ला खेदजनक रहेको बताएका छन् ।

‘प्रतिनिधिसभाको विघटन बारेमा परेका रिटहरूमा सर्वोच्च अदालतले गर्ने फैसलाअघि विद्यमान सहज माहोल गिजोल्न षडयन्त्रका साथ सक्रिय तत्वको हल्लाको प्रभावमा नपर्न अनुरोध गर्दछु’, उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस !