१४ बैशाख २०८१, शुक्रबार

कारोबार खुलेको २ घण्टामै ८७ अंकले ओरालो लाग्यो नेप्से

प्रकाशित मिति :  23 February, 2021 1:04 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भारी गिरावट आएको छ । मंगलबार कारोबार खुल्ने वित्तिकै १९ अंकले बढेको नेप्से परिसूचक अहिले ८७ अंकले घटेको छ ।

बजार खुलेको केहिबेरमा सेयर बजारमा पहिरो गएपछि बजार राताम्ये बनेको छ । कारोबार खुलेको २ घण्टा अर्थात् यो समाचार तयार गर्दासम्म बजार ८७ अंकले घटेर २५२०.१७ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार आएका १२ उपसमुहमा सबै समुह राताम्ये बनेका छन् । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १३.३५ अंकले घटेर ४५७.१७ अंकमा झरेको छ ।

अहिलेसम्म नेप्सेमा १९८ वटा कम्पनीको ९१ लाख १४ हजार १ सय ६१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८१ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !