१३ बैशाख २०८१, बिहिबार

मंगलबार नेप्सेमा उतारचढाव, २१ अंकले घट्यो बजार

प्रकाशित मिति :  23 February, 2021 4:26 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गिरावट आएको छ । मंगलबार कारोबार सुरु हुने वित्तिकै १९ अंकले बढेको बजार २ घण्टामा ८८ अंकले घटेको थियो भने कारोबार बन्द हुने बेलामा २१.१६ अंकले घटेर २५८६.५१मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि २.४१ अंकले घटेर ४६७ं९४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १२ उपसमुहमध्ये ११ वटा उपसमुह घटेका छन् भने एउटा व्यापार समुह मात्रै बढेको छ ।आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ९५.९९ अंकले घटेकोे छ।

निर्जीवन बीमा समूह ५२.०४ अंकले घटेको यो दिन बैंकिङ समूहमा ७.७२ अंक, होटेल्स् समूहमा ३१.५८ अंक, विकास बैंक समूहमा ३०.२७ अंक, जलविद्युत् समूहमा १२.४७ अंक, वित्त समूहमा ७.०१ अंक, अन्य समूहमा ५१.११ अंक, लघुवित्त समूहमा ६.३२ अंक, जीवन बीमा समूहमा २०.२ अंक र म्युचुअल फन्ड समूहमा ०.१६ अंकको गिरावट आएको छ।

त्यसैगरी, मंगलबार कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । बैंकको ७३ करोड ९४ लाख ५२ हजार ५ सय १८ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

मंगलबार नेपाल फाइनान्स, अपि पावर लगायतका शेयरधनीहरूले सर्वाधिक नाफा कमाउँदा निफ्रा, आँखुखोला जलविद्युत लगायतका शेयरधनीहरूले भने आफ्नो आम्दानी गुमाएका छन् । कूल २०५ वटा कम्पनीको एक करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !