१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा विघटनपछि चुनावमा जानु स्वभाविक : नेमकिपा

प्रकाशित मिति :  23 February, 2021 2:14 pm


काठमाडौं । नेपाल मजदुर किसान पार्टीले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा निर्वाचन मिति घोषणा स्वभाविक भएको निष्कर्ष निकालेको छ ।

फागुन ८,९ र १० गते बसेको पार्टी पार्टी केन्द्रीय परिषद्को बैठकले नेकपाभित्रको भागवण्डाको विवादको कारण प्रतिनिधिसभा विघटन भई ताजा जनादेशको निम्ति २०७८ वैशाख १७ र २७ गतेको लागि निर्वाचन मिति घोषणा स्वभाविक भएको निष्कर्ष निकालेको हो ।

परिषद् बैठकमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले चुनावमा वैचारिक सङ्घर्ष मुख्य हुने उल्लेख गरेका छन् ।

नेमकिपाले एमाले र माओवादीजस्ता कम्युनिष्ट दाबी गरेका तर पुँजीवाद र सामन्तवादको पृष्ठपोषण गरेकाहरूको खण्डन गर्न छोड्न नहुने निष्कर्ष निकालेको    हो ।



प्रतिक्रिया दिनुहोस !