७ बैशाख २०८१, शुक्रबार

निफ्राले उल्टो सर्किट हान्दा तर्सिए साना लगानीकर्ता, सेयर बेच्नेको घुँइचो (फोटोफिचर)

प्रकाशित मिति :  23 February, 2021 5:11 pm


काठमाडौं । नेपाली सेयर बजार मंगलबार साना लगानीकर्ता त्रसित बने । गत महिना इतिहासमै ठूलो ८ करोड कित्ता सेयर आइपीओ जारी गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्यमा एक्कासी नकरात्मक सर्किट लागेपछि साना लगानीकर्ता त्रसिएका हुन् ।

गत हप्ताबाट दोस्रो बजारमा कारोबारमा आएको निफ्राको सेयर मुल्य हिजोसम्म दिनदिनै १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको थियो । तर मंगलबार कारोबारको सुरुवातमा ५ प्रतिशतले बढेर ७२३ रुपैयाँमा कारोबार भएको निफ्राको सेयर मुल्य केहीबेरमै १० प्रतिशतले घटेर ५९४ रुपैयाँमा कारोबार भएपछि निफ्राका लगानीकर्ता आत्तिएका हुन् ।

कारोबारमा आएको ७ दिनमै राम्रो नाफा कमाएका निफ्राका लगानीकर्ता सेयर मूल्य घट्न थालेपछि बेच्नको लागि ब्रोकर हाउसमा भिड लागेका छन् ।

मंगलबार काठमाडौंका विभिन्न ब्रोकरहाउसमा सेयर बेच्नको लागि खाता खोल्नेको ठूलै भिडभाड थियो । भर्खरै सेयर कारोबार गर्न सुरु गरेका लगानीकर्ता एकछिन समग्र बजार घट्दा हतोत्साहित देखिन्थे जतिजक्दो छिटै बेचेर नाफा सुरक्षित गर्ने मुडमा थिए ।

मंगलबार काठमाडौंका केही ब्रोकर हाउसमा लगानीकर्ताको भीड तस्विरमा ।

 

 

 



प्रतिक्रिया दिनुहोस !