१५ चैत्र २०८०, बिहिबार

प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला

प्रकाशित मिति :  23 February, 2021 6:09 pm


काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय उल्टाइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। दुई महिनाको बहसपछि सर्वोच्च अदालतले आज फैसला सुनाएको हो ।



प्रतिक्रिया दिनुहोस !