१४ बैशाख २०८१, शुक्रबार

संसद पुर्नस्थापनाबारे भट्टराईको प्रतिकृया : रोगै हराए झैं भो!

प्रकाशित मिति :  23 February, 2021 6:56 pm


काठमाडौं ।  भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा खुशी व्यक्त गरेका छन् । उनले पुर्नस्थापनाको खबरले रोग नै हराएझैँ भएको बताएका छन्।

फैसलापछि भट्टराईले ट्वीट गर्दै सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको बताए।

उनले भनेका छन्,”कस्तो सुखद संयोग!अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!”



प्रतिक्रिया दिनुहोस !