१२ श्रावण २०८१, शनिबार

संसद पुर्नस्थापनाको फैसलापछि माधव नेपालले दिए सबैलाई धन्यवाद

प्रकाशित मिति :  23 February, 2021 7:06 pm


काठमाडौं । संसद पुर्नस्थापनापछि नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले सबैलाई धन्यवाद दिएका छन् ।

समाजिक सञ्जालमा आफ्नो प्रतिकृया राख्दै भनेका छन्, प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो ।

उनले सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको उल्लेख गरेको छन् ।

उनले सर्वोच्च अदालतसहित सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !