१३ बैशाख २०८१, बिहिबार

सर्वोच्च अदालतको फैसला नेपाली कांग्रेस स्वागत गर्दछ : सभापति देउवा

प्रकाशित मिति :  23 February, 2021 7:18 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् ।

संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रतिकृया दिँदै देउवाले कांग्रेस सर्वोच्चको फैसलाको स्वागत गर्ने उल्लेख गरेका हुन् ।

उनले भनेका छन्,“ सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।
देउवाले सर्वोच्च अदालतले आफ्नो दायित्व पुरा गरेको बताएका छन् ।

उनले भनेका छन्,“संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु ।”



प्रतिक्रिया दिनुहोस !