१५ चैत्र २०८०, बिहिबार

ओलीलाई प्रचण्डको आग्रह : अलिकति लाज भए तत्काल पदबाट राजिनामा दिनुस्

प्रकाशित मिति :  23 February, 2021 7:41 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट तत्काल राजिनामा दिन माग गरेका   छन् ।

भोली हुने सभाका लागि चितवन पुगेका प्रचण्डले अलिकतिपनि लाज भए तत्काल पदबाट राजिनामा दिन माग गरेका हुन् ।

नेपाल र प्रचण्ड दुबै भोली हुने सभाका लागि चितवनमा पुगेका थिए । चितवनमा हुने विरोध सभालाई विजयी सभामा परिणत गर्ने निर्णय भएको प्रचण्डले बताए । उनले आफूहरुको लडाईं पदका लागि नभएको भन्दै सबै दलसँग अब मिलेर जाने बताए ।



प्रतिक्रिया दिनुहोस !