१३ बैशाख २०८१, बिहिबार

संसद पुर्नस्थापना फैसलापछि प्रधानमन्त्री ओलीले केक काटे,प्रचण्ड-नेपालले लड्डु खाए

प्रकाशित मिति :  23 February, 2021 8:03 pm


काठमाडौं । आज बेलुकी संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतले फैसला सुनायो ।

फैसला आएको ५ मिनेटको आसपासमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ७० औं जन्मदिनको शुभकामना देखिएको प्रधानमन्त्रीको फोटो आफ्नो फेसबुकमा राखे ।

हरेक कुरामा छिट्टै प्रतिकृया जनाउने थापाले संसद पुर्नस्थापनाको फैसला हुँदापनि जन्मदिनको शुभकामना दिए । फैसला पछि सबै राजनीतिक दल र उनका भातृसँगठनले स्वागत तथा दिपावली गरे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली र उनका समर्थकले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्ने कुरै थिएन । तर ओलीले भने बालुवाटारमा तामझामका जन्मदिन मनाउँदै थिए ।

उनको जन्मदिनमा शुभकामना दिँदै गीतसँगीत समेत प्रस्तुत गरिएको थियो । चितवन पुगेका नेकपाकै एउटा समूहको नेतृत्व गरेको माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले पुर्नस्थापनाको खुशीयालीमा लड्डु बाँडेर खाँदै गर्दा प्रधानमन्त्री ओली भने आफन्तसहित मिलेर भब्य जन्मदिनको शुभकामना आदान प्रदान गरिरहेका थिए ।

प्रधानमन्त्री ओलीको आज ७० औं जन्म दिन हो । आजै सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापनाको फैसला सुनाएको छ । गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् तर सर्वोच्चले उक्त निर्णय आज बदर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !