१९ बैशाख २०८१, बुधबार

नेपाल शैक्षिक परामर्श संघका उपाध्यक्ष भट्टराईकाे जन्मदिनमा वृद्धाश्रममा खाद्यान्न वितरण

प्रकाशित मिति :  24 February, 2021 9:01 am


काठमाडौं। जन्मदिनको अवसरमा नेपाल शैक्षिक परामर्श संघका प्रथम उपाध्यक्ष देविदास भट्टराईले वृद्ध वृद्धालाई खाद्यान्न वितरण गरेका छन्।

काठमाडौं शान्तिनगर स्थित निस्सहाय सेवा सदनमा खाद्यान्न, घ्यू, ड्राईफुड लगायत वितरण गरिएको हो ।

आश्रममा ३० जना असहाय वृद्ध वृद्धा रहेका छन्। जन्मदिनमा तडकभडक गरेर मनाउनु भन्दा असाहाय वृद्ध वृद्धाका लागि सेवा गर्नु उचित लागेका कारण सानो सहयोग गरेको बताए ।

उनले हरेक जन्मदिनमा कुनै न कुनै सेवाको कार्य गरेको र यसकार्यलाइ निरन्तरता दिने जानकारी दिए । आफुले गरेको सानो सहयोगबाट असाहायमा सानो खुसी छाउने भएका कारण यस कार्यमा निरन्तर दिने बताए ।



प्रतिक्रिया दिनुहोस !