१६ चैत्र २०८०, शुक्रबार

ओली र दाहाललाई तुरुन्तै सचिवालय बैठक बाेलाउन वामदेवकाे अनुराेध

प्रकाशित मिति :  24 February, 2021 10:33 am


काठमाडाैं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज एक सार्वजनिक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुरुन्तै धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाउन अनुरोध गरेका छन् ।

विज्ञप्तिमा गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला नगरी पदबाट राजीनामा दिन पनि सुझाव दिएका छन् ।

प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान क़ानून लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भनी उल्लेख  गरेका छन् ।

यस अवसरमा प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरुमा आभार प्रकट गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !