१३ बैशाख २०८१, बिहिबार
संसद पुर्नस्थापना

नेकपा (क्रान्तिकारी माओवादी) को ठहर : ओलीको कदम असफल तर राजनीतिक समस्या समाधान हुँदैन

प्रकाशित मिति :  24 February, 2021 11:10 am


फाइल फोटो

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरङ्कुशतावाद तथा फासिवादतर्फ उद्यत कदमलाई असफल तुल्याइदिएको ठहर गरेको छ ।

महासचिव मोहन बैद्य किरणले आज विज्ञप्ति जारी गर्दै ओलीको कदम असफल भएको तर राजनीतिक समस्या भने समाधान नहुने जिकिर गरेका छन् ।

विज्ञप्तिमा बैद्यले प्रतिनिधि सभाको पुनःस्थापना वा मध्यावधि निर्वाचन मध्ये जुनसुकै पक्षमा निर्णय गरिए पनि वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा संसदीय व्यवस्थाभित्र चुलिँदै आएका सङ्कटको निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याको समाधान हुन नसक्ने आफूहरुले भन्दै आएको स्मरण समेत गराएका छन् ।

उनले भनेका छन्,“हाम्रो पार्टी वर्तमान राज्यसत्ता तथा व्यवस्था भित्रको सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्याको समाधानका लागि सङ्घीय जनगणतन्त्र स्थापना गर्न अपरिहार्य रहेको ठान्दछ र त्यस निम्ति हाम्रो सङ्घर्ष जारी नै रहने छ ।”



प्रतिक्रिया दिनुहोस !