१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा पुर्नस्थापनापछि प्रचण्ड-नेपाल र देउवाबीच पहिलो भेट

प्रकाशित मिति :  24 February, 2021 2:01 pm


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

प्रतिनिधि सभा पुर्नस्थापना लगत्तै प्रचण्ड, नेपाल र देउवाबीच छलफल जारी रहेको छ । देउवालाई भेट्न प्रचण्ड नेपाल वुढानिलकण्ड पुगेका हुन् । प्रचण्ड र नेपाल आजै चितवनबाट काठमाडौं आएका थिए । प्रतिनिधि सभा पुर्नस्थापनासँगै वर्तमान सरकार संकटमा परेको छ ।

नेपाली कांग्रेसले जसलाई समर्थन गर्छ उसैले सरकार बनाउने अवस्था छ । यदपी नेपाली कांग्रेसले अहिलेपनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नभएको भन्दै आएको छ । कानुनी रुपमा नेकपा अझै विभाजित बनेको छैन । पार्टी आधिकारिकताको विषय निर्वाचन आयोगमा विचाराधिन छ ।

सर्वोच्च अदालतले हिजो मात्रै प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै पुर्नस्थापना हुने फैसला गरेको थियो ।

अदालतले फैसलाको १३ दिनभित्र संसद अधिवेशन आव्हान गर्न आदेश समेत दिएको छ । प्रतिनिधि सभा पुर्नस्थापना लगत्तै प्रधानमन्त्री ओली नैतिक संकटमा  छन् । यद्दपी उनका राजनीतिक सल्लाहकारले प्रधानमन्त्रीले अहिले नै पदबाट राजीनामा नदिने बताइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !