२० बैशाख २०८१, बिहिबार

राष्ट्रपति क्षमा पुजा गर्नको लागि पशुपति जाँदै

प्रकाशित मिति :  24 February, 2021 2:16 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिरमा क्षमापुजा गर्न जान लागेकी छन् । बुधबार पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा जलहरी राख्नुअघि राष्ट्रपतिले क्षम पुजा गर्न लागेकी हुन् ।

जलहरी निर्माण व्यवस्थापन समितिका सदस्य राजु केसीका अनुसार राष्ट्रपतिले क्षमापुजा गरेपछि मात्रै जलहरी राखिने बताए ।जलहरी राख्नु अघि पुजापाठकालागि भारतबाट ३३ जना ब्राम्हाण नेपाल आएका छन् भने पशुपतिकै १२१ जना ब्राम्हणहरुले पुजा गरिरेका छन् ।

यस अघि चाँदीको जलहरी राखिएकोमा अहिले त्यो जलहरी हटाएर सुनको जलहरी राख्न लागिएको केसीले बताए । उक्त सुनको जलहरी निर्माण गर्दा करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

पशुपतिनाथको शास्त्रीय महत्त्व र प्राचीन स्मारक संरक्षण ऐनविपरीत जलहरी राख्न लागेको भन्दै स्थानीय बासिन्दा, सम्पदा संरक्षण अभियन्ता, पशुपतिका भण्डारी लगायतले विरोध गर्दै आएका छन् ।

पशुपति मन्दिरको मुख्य शिवलिङ्गमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका छन् ।



प्रतिक्रिया दिनुहोस !