१४ बैशाख २०८१, शुक्रबार

ओली समूहको निर्णय : प्रतिनिधि सभा अधिवेशन निर्धारित समयमै

प्रकाशित मिति :  24 February, 2021 2:26 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको आदेश अनुसार तोकिएकै समयमा प्रतिनिधि सभाका लागि सिफारिस गर्न सरकारलाई सुझाव दिएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको आदेश अनुसार तोकिएको समयमा नै प्रतिनिधि सभा बोलाउनुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने,“संसद अधिवेशन निर्धारित समयमै आव्हान हुन्छ ।”

सर्वोच्च अदालतले हिजो प्रतिनिधि सभा पुर्नस्थापनाको फैसला गर्दै १३ दिनभित्र अधिवेशन आव्हान गर्न आदेश दिएको थियो । सोही अनुसार सरकारले अधिवेशन आव्हान गर्ने भएको हो ।

यसबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका थिए । स्थायी कमिटी बैठकले सर्वोच्चले आदेश दिएको समयभित्रै प्रतिनिधि सभा बैठक आव्हान गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !