१२ श्रावण २०८१, शनिबार

प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै सरकार परिवर्तन प्रकृयापनि अगाडि बढ्छ : प्रचण्ड-नेपाल समूह

प्रकाशित मिति :  24 February, 2021 4:36 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै सरकार परिवर्तन प्रकृयापनि अगाडि बढाउने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले अहिलेसम्म राजीनामा नदिएको भन्दै प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै संविधान अनुसार सरकार परिवर्तनको प्रकृया अगाडि बढाउने निष्कर्ष निकालेको हो ।

पार्टी कार्यालय कोटेश्वरमा आज बसेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,“हाम्रो पार्टीले त केपी ओलीले तकालै नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्यो भनेर भनिसकेका छौं । अहिलेसम्म उहाँले दिनुभएको छैन । त्यो नभएको अवस्थामा पनि अदालतको फैसला अनुसार अब छिट्टै प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठकबाट नै संविधान अनुसार अरु प्रकृया अगाडी बढ्छ ।”

बैठकले लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य र हातेमालो गरेर अगाडी बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध यसअघि दर्ता भएको अविश्वासको प्रस्तावबारे आफूहरुले सोंच्ने प्रवक्ता श्रेष्ठको भनाई छ । अविश्वासको प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको  छ । तर, आफ्नो समूहबाहेकबाट प्रधानमन्त्री बन्ने अवस्था भएको खण्डमा प्रचण्ड नेपाल समूह अविश्वासको प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव दर्ता गराउने प्रयासमा छ ।

उक्त समूहले प्रतिनिधि सभा पुर्नस्थापना लगत्तै सबै विरोधका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ भने सत्ता समिकरणका लागि छलफल समेत अगाडी बढाएको छ । आजै प्रचण्ड नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । प्रवक्ता श्रेष्ठले नयाँ राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको बताए ।

 



प्रतिक्रिया दिनुहोस !