१६ चैत्र २०८०, शुक्रबार

लड्डु बाँडेर खानेले के पाउने रहेछन् हेर्नुछ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  24 February, 2021 5:26 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुर्नस्थापनाको खुशीयालीमा लड्डु बाँडेर खानेले के पाउने रहेछन् आफूले हेर्ने बताएका छन् ।

काठमाडौंमा कृषि ‘डिजिटल सोयल म्याम सप्टवेर’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पदमा रहँदा सबैले इमान्दार भएर काम गर्नुपर्ने उल्लेख गर्दै भने,“मैलेपनि प्रधानमन्त्री पदमा रहँदासम्म इमान्दार भएर काम गर्ने हो तर हिजो सर्वोच्चको फैसलाले बर्बाद त पर्‍या होईन ! यो समान्य कुरा हो, मेरा केही भाइहरूले लड्डु ख्वाई ख्वाई गरे अरे । लड्डु खाएछन्,खुशी भएर, जित्यौं हामीले भनेर के जिते मलाई थाहाँ छैन । के पाउँछन् हुर्नुछ !”

हिजो सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको फैसला गरेलगत्तै चितवनमा रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले खुशी साट्दै एक आपसमा लड्डु खुवाएका थिए ।

त्यसैप्रति व्यङ्ग गर्दै प्रधानमन्त्री ओलीले भने,“के पाउछन् मैले हेर्न छ । मेरो विचारमा भोली पर्सीदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ , राजीनामा देउ ! राजीनामा देउ !! भनेर ।”



प्रतिक्रिया दिनुहोस !