६ जेष्ठ २०८१, आइतबार

बिहीबार प्रतितोला ५ सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  25 February, 2021 11:56 am


काठमाडौं । नेपाली बजारमा छापावाला सुनको भाउ घटेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेर ८९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बुधबार पनि छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !