१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीका सल्लाहकारको ठोकुवा : प्रचण्ड-नेपाल समूहको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य बराबर

प्रकाशित मिति :  25 February, 2021 12:12 pm


काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य बराबर भएको ठोकुवा गरेका छन् ।

प्रतिनिधि सभा पुनस्र्थापनासँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले सत्ता समिकरणबारे छलफल सुरु गरे लगत्तै बालुवाटारको यस्तो प्रतिकृया आएको हो । सल्लाहकार थापाले सामाजिक सञ्जालमा भनेका छन्, “पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ ।”

प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गर्दै अटेरी गरे प्रतिनिधि सभा बैठक सुरु भए लगत्तै सरकार परिवर्तनको प्रकृया सुरु हुने बताएको छ । तर प्रधानमन्त्री ओलीले भने अहिले पदबाट राजीनामा नदिने र संसदको सामना गर्ने बताएका छन् ।

सल्लाहकार थापाले सरकार बनाउने कसरतप्रति टिप्पणी गर्दै भनेका छन्, “यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाओैं !!

थापाको टिप्पणीले प्रधानमन्त्री केपी ओली राजीनामा नदिने र दिने अवस्थामा पनि प्रचण्ड नेपाल समूहलाई सफल हुन नदिने रणनीतिमा लागेको देखिएको छ । हिजो काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए,“मैलेपनि प्रधानमन्त्री पदमा रहँदासम्म इमान्दार भएर काम गर्ने हो तर हिजो सर्वोच्चको फैसलाले बर्बाद त पर्‍या होईन ! यो समान्य कुरा हो, मेरा केही भाइहरूले लड्डु ख्वाई ख्वाई गरे अरे ! लड्डु खाएछन्,खुशी भएर, जित्यौं हामीले भनेर के जिते मलाई थाहाँ छैन । के पाउँछन् हेर्नुछ  ! ”

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुअघि र नेकपा विभाजन नहुँदै कांग्रेससँग सत्तासमिकरणबारे छलफल गरेको आरोप गर्ने लागेको थियो । नेकपा विभाजित भएको अवस्थामा सत्ता समिकरणमा नेपाली कांग्रेस निर्णायक बनेको छ ।

कांग्रेससँग प्रचण्ड र नेपालले हिँदै छलफल गरिसकेका छन् । प्रतिनिधि सभा बैठकको समय नजिक आइरहेका बेला सत्ता समिकरणको छलफल सुरु भएको हो । सर्वोच्च अदालतको आदेश अनुसार प्रतिनिधि सभा बैठक सुरु हुन १० दिन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !