८ बैशाख २०८१, शनिबार

पशुपतिनाथ मन्दिरमा डिजिटल दानपेटिका संचालनमा

प्रकाशित मिति :  26 February, 2021 12:35 pm


काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका संचालनमा आएको छ । शुक्रबार बैंक अफ काठमाडौं लिमिटेडले पशुपति मन्दिर परिसरमा डिजिटल दानपेटिका संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बिहान पौने ९ बजे एक कार्यक्रमका बीच उद्घाटन गरे । गर्भनर अधिकारीले उद्घाटन गरेसँगै अब पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले मोबाइलबाटै क्यूआर कोडका माध्यमबाट दानदक्षिणा भेटी चढाउन सक्ने भएका छन् ।

पछिल्लो समय राष्ट्र बैंकको डिजिटल भुक्तानी प्रणाली विस्तार नीतिलाई बैंकहरुले निकै आक्रामक ढंगले अगाडि बढाइरहेका बेला तरकारी तथा फलफूल बजार, अन्य व्यापारस्थल तथा पसलहरुसँगै मन्दिरमा समेत डिजिटल भुक्तानी प्रणाली लागु हुन लागेको हो ।

पशुपतिनाथ क्षेत्रमा राखिएको डिजिटल दानपेटिकामा भक्तजनहरुले सजिलै मोबाइलबाटै आफूले चाहेको दक्षिणा क्यूआर कोड प्रयोग गरी चढाउन सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस !