१५ चैत्र २०८०, बिहिबार

प्रचण्ड-नेपाल समूहलाई पेल्दै ओली : प्रमुख सचेतकबाट गुरुङ हटाएर भट्टराईलाई नियुक्ति

प्रकाशित मिति :  26 February, 2021 3:47 pm


काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका नेता केपी शर्मा ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै ओलीले खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरेका हुन् । प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा भट्टराईलाई प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् ।

विधान अनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोयन गर्ने व्यवस्था नेकपामा छ । नेकपा वैधानिक रुपमा अझै विभाजित भएको छैन ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव पक्षले दलको छुट्टै बैठक बोलाएर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेका थियो । तर नेकपा विभाजित नभएको अवस्थामा ओली नेपाल समूहलाई नयाँ प्रकृयामा जान अफ्ठेरो परेको छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित भएको थियो । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले गरिरहेका छन् ।

तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेपछि ओलीले प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !