१३ बैशाख २०८१, बिहिबार

फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  26 February, 2021 8:30 pm


काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । तर, सर्वोच्च अदालतले मंगलबार पुनस्र्थापनाको फैसला गर्दै १३ दिन भित्र अधिवेशन बोलाउन आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेश अनुसार संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !