११ बैशाख २०८१, मंगलबार

आइपीओ हेर्न नयाँ वेव पोर्टल सञ्चालनमा,अब समस्या नहुने

प्रकाशित मिति :  27 February, 2021 12:17 pm


काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी)ले सार्वजनिक निष्काशन भएका धितोपत्रको बाँडफाँडको नतिजा हेर्नका लागि छुट्टै वेव पोर्टल सञ्चालनमा ल्याएको छ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँटको नतिजा सो कम्पनी तथा उक्त सार्वजनिक निष्कासनको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई भर्चेन्ट बैङ्गिग लि. को वेभ साइटमा राखिएपनि नतिजा हेर्न समस्या भएको थियो ।

लगानीकर्ताको अत्याधिक चापका कारण दुवै वेभ साइटले काम गर्न नसकेको र सो को कारण सम्पूर्ण लगानीकर्ताको चाप मेरो शेयरमा पर्न गई मेरो शेयर मार्फत प्रदान गरिएको अन्य सेवाहरू समेत प्रभावित हुन गएपछि सार्वजनिक निष्कासन भएका धितोपत्रको बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेभ पोर्टल सञ्चालनमा ल्याएको सीडीएससीले जनाएको छ ।

यसबाट लगानीकर्ताले आफ्नो गोपनियताको साथसाथै सहज रुपमा आईपीओको रिजल्ट हेर्न सकिने गरि नयाँ वेव पोर्टल ‘आईपीओरिजल्टसीडीएससीडटकमडटएनपी’ सञ्चालनमा ल्याइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सीडीएससीको विज्ञप्तिमा भनिएको छ,“सार्वजनिक निष्कासनको नतिजा मात्र राखिने उक्त पोर्टल सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रूपमा सचालन गर्न सकिने गरि उच्च क्षमतामा तयार गरिएको छ।”

सो पोर्टलमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्रको बाँडफाँट को नतिजा बाँडफाँट सम्पन्न हुने वित्तिकै यथाशीघ्र सहज रूपमा हेर्न सक्ने छन्।

 



प्रतिक्रिया दिनुहोस !