१६ चैत्र २०८०, शुक्रबार

विप्लव नेतृत्व नेकपाका सप्तरी जनसरकार प्रमुखसहित ३ जना पक्राउ

प्रकाशित मिति :  27 February, 2021 12:37 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सप्तरी जनसरकार प्रमुख सहित ३ जना पक्राउ परेका छन् ।

व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा मागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा जनसरकार प्रमुख रहेका खडक नगरपालिका ३ रामनाथ मण्डल तथा राजविराज नगरपालिका ४ का उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका १ का रामकृष्ण मण्डल रहेका छन् ।

उदयनाथ र रामकृष्ण जिल्ला सदस्य रहेको प्रहरीको भनाई छ । उनीहरुलाई गएराति सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जनकारी । उनरीको साथबाट विभिन्न दस्तावेज बरामद गरिएको साहको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !