१२ श्रावण २०८१, शनिबार

सत्तारुढ नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति

प्रकाशित मिति :  18 December, 2019 7:29 pm


काठमाडाैं, २ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको  छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट भएको हो । राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ । उक्त पदमा ९ माघमा निर्वाचन हुनेछ ।

खाली हुने चारमध्ये दुुई दुई सिट लिने सहमति भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुष लिनेछ । सहमतिसंगै दुई दलबीच चिसिएको सम्बन्ध सुधार भएको देखिएको छ

 



प्रतिक्रिया दिनुहोस !