१५ चैत्र २०८०, बिहिबार

नेपाल पर्वतारोहण संघको विवाद अदालतमा,अन्तिम समयमा वार्षिक साधारण सभा रोकियो

प्रकाशित मिति :  27 February, 2021 8:27 pm


काठमाडौं । नेपाल पर्वतारोहण संघको वार्षिक साधारण सभा रोक्न उच्च अदालत पाटनले अल्पकालिन आन्तरिम आदेश दिएको छ ।

भोली १२ बजेदेखि काठमाडौंमा सुरु हुन लागेको वार्षिक साधारण सभा रोक्न अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको हो । आदेशसँगै सबै तयारी पुरा भएरपनि संघको साधारण सभा स्थगित भएको हो ।

संघले अदालतको आदेश अनुसार वार्षिक साधारण सभा स्थगित गरेको जनाएको छ । संघले केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बसेर अर्को निर्णय नभएसम्मका लागि साधारण सभा स्थगित गरेको जनाएको छ ।

असन्तुष्ट पक्षले चुनावसहित वार्षिक साधारण सभा गर्नुपर्नेमा वार्षिक साधारण सभामात्रै गर्न लागेको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । रिटमाथि सुनुवाई गर्दै अदालतले साधारण सभा स्थगित गर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

संघका महासचिव कुलबहादुर गुरुङले सबै तयारी पुरा भएर अन्तिम समयमा साधारण सभा रोक्नुपर्दा लाखौ रुपैयाँको नोक्सानी भएको गुनासो गरे ।

उनले लुम्बिनी सञ्चारसँग भने, “सबै तयारी पुरा भएको थियो, प्रमुख अतिथि, अतिथिलाई निमन्त्रण कार्ड बाँडिसकिएको थियो, हाम्रा अन्य विभिन्न कार्यक्रमहरु हुन्छन् सबै टुंगाइसकिएको थियो तर अदालतको आदेशले सबै स्थगित भयो ।”

उनले अदालतको आदेश अनुसार भोली अध्यक्ष महासचिवसहितका पदाधिकारी अदालतमा उपस्थित भएर थप बुझ्ने बताए ।



प्रतिक्रिया दिनुहोस !