६ जेष्ठ २०८१, आइतबार

साताको पहिलो दिन आरालो लाग्यो सुनको मूल्य

प्रकाशित मिति :  28 February, 2021 11:53 am


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । साताको कारोबारको पहिलो दिन छापावाला सुनको मूल्य ५सय रुपैयाँले ओरालो लागेर प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा र तेजाबी सुन ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँल र तेजाबी सुन ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !