१३ बैशाख २०८१, बिहिबार

हकप्रद दिने प्रस्ताव सहित शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा

प्रकाशित मिति :  28 February, 2021 12:44 pm


काठमाडौं । शिखर इन्स्योरेन्सले दुई वर्षको साधारण सभा एकै पटक गर्न लागेको छ । कम्पनीले पन्ध्रौ तथा सोह्रौ वार्षिक साधारण सभामा हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा आव्हान गरेको हो ।

कम्पनीले सभाबाट हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्तावित बोनस सेयर पश्चात कामय हुने पुँजीको थप ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २९.२३१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २७.७६९ प्रतिशत बोनस र १.४६२ नगद (कर प्रयोजनार्थ) रहेका छन्।

सभामा प्रस्तावित बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापुँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
कम्पनीको अधिकृतपुँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभामा दुवै आर्थिक वर्षको सञ्चालक समितिका वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन छलपल गरी पारित हुनेछ ।

फागुन १४ गते बसेको कम्पनी संचालक समितिको बैठकले चैत्र ९ गते सोमबार केन्द्रिय कार्यालय,थापाथलीमा कम्पनीको पन्ध्रौ र सोह्रौ साधारण सभा बिहान ११ बजेदेखि सुरु हुने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !