१२ श्रावण २०८१, शनिबार

नेपाली कांग्रेस रोल्पाले पालिकास्तरीय प्रशिक्षण तथा संगठन सुढृढिकरण अभियान सञ्चालन गर्ने

प्रकाशित मिति :  28 February, 2021 1:23 pm


रोल्पा। नेपाली कांग्रेस रोल्पाले पालिकास्तरीय प्रशिक्षण तथा संगठन सुढृढिकरण अभियान सञ्चालन गर्ने भएको छ ।

फागुन १९ गतेदेखि १० दिन अभियान सञ्चालन गरिने नेपाली कांग्रेस रोल्पाका सभापति अमर पुनले जानकारी दिए । कांग्रेसले फागुन १९ गते रुन्टीगढी गाउँपालिकाको होलेरीमा, फागुन २० गते त्रिवेणी गाउँपालिकाको जुंगारमा, फागुन २१ म गंगादेव गाउँपालिकाको सुखाओडारमा फागुन २२ गते परिवर्तन गाउँपालिकाको पुत्लाखोलामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने छ ।

त्यस्तै फागुन २३ गते थवाङ गाउँपालिकाको थवाङमा, फागुन २४ गते सुनछहरी गाउँपालिकाको पोवाङमा, फागुन २५ गते रोल्पा नगरपालिकाको लिबाङमा,फागुन २६ गते लुङ्ग्री गाउँपालिकाको किलाचौरमा, फागुन २७ गते सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा र फागुन २८ गते माडी गाउँपालिकाको घर्तीगाउँमा प्रशिक्षण कार्यक्रम सभापति पुनले जानकारी दिए ।

प्रशिक्षणका लागि नेताहरू बद्री पाण्डे, डा.गोविन्द पोख्रेल, राजु नेपाल, नकुल के.सी. र रिता खनाल लगायतका नेता रोल्पा जाँदैछन् ।

कार्यक्रममा बद्री पाण्डेले राजनीतिक, डा.गोविन्द पोख्रेल र राजु नेपालले आर्थनीति र नकुल के.सी.ले स्थानीय स्वायत्त शासन लगायतका विषयमा प्रशिक्षण दिने सभापति पुनले जानकारी दिए ।

 

 

 



प्रतिक्रिया दिनुहोस !