२३ बैशाख २०८१, आइतबार

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा लाभाशं घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  28 February, 2021 1:44 pm


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभाशं दिने भएको छ । बैंकले गत वर्षको कुल मुनाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभाशं दिने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको आज आइतबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँबराबरको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने नगद लाभांश रहेको छ ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभाशं नेपाल राष्ट्र बैंक र आगामी बार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !