१४ बैशाख २०८१, शुक्रबार

एसियाकै धनी अम्बानीलाई बिटक्वोइनमा फिरौती दिन जैश अल हिन्दको चेतावनी

प्रकाशित मिति :  28 February, 2021 2:16 pm


काडमाडौ । एसियाकै धनी भारतका मुुकेश अम्बानीलाई जैश अल हिन्द नामक संगठनको तर्फबाट धम्की दिइएको छ । उनको घर अगाडि शंकास्पद कारको बारेमा अझै स्पस्ट हुन नसकेकै बेला जैशअल हिन्दको धम्कीसहितको पत्र पनि सार्वजनिक भएको छ ।

हिन्दुुस्तान डटकमले सार्वजनिक गरेको समाचार अनुसार टेलिग्राम एपमार्फत जैश अल हिन्द नामक सो संगठनले अम्बानी परिवारसँग डिजिटल मुुद्रा बिटक्वोइनमा फिरौती मागेको पत्र सार्वजनिकभएको हो ।

यसअघि जैश अल हिन्द आतंकवादी संगठनको रूपमा नसुनिएको नाम हो । पत्रको भाषा हिन्दी र अंग्रेजी मिश्रित रहेको छ । प्रहरी सूत्रहरूका अनुसार यसरी लेख्नु भनेको जाँच नियोगहरूको ध्यान अन्यत्र पार्न गरिएको छ ।

टेलिग्राम एपको सो पत्रमा अम्बानीको घर अगाडि एसयूभी वाहन खडा गरेर सो संगठन सही ठाउँमा पुुगिएको हो । यो मात्र ट्रेलर भएको पूरा पिक्चर आउन बाँकी रहेको भनिएको छ । यो पत्रमा अखलाकको हत्या, गुजरातको दङ्गा र दिल्ली हिंसालगायतका विषय उल्लेख गरिएको छ ।

पत्रमा ‘अब तिमीलाई हामी को हौं भन्ने चिन्ता भएको हुनुु पर्छ ? हामी उही अखलाक हौं । जसलाई तिमीले एक गाईका लागि हत्या गरेका थियौ । हामी उही हौ जसलाई दिल्ली हिंसामा मारेका थियौ ।हामी उही दीदीबहिनी हौं जसलाई गुजरातमा रेप गरेका थियौ । हामी तिम्रा रातका खराब सपना हौं । हामी तिम्रा छेउछाउ नै छौं । तिम्रा अफिसमा छौं । हामीलाई तिम्रा वेश्यावृतिजस्तो कारोबार गर्नेहरूसँग समस्या छ । जसले बीजेपी र आरएसएसको हात आफ्नो आत्मा बेचिदिएका छौ ।’

यो पत्रमा सुरक्षा निकायलाई पनि चुनौती गरिएको छ । पत्रमा भनिएको छ – हामी सुरक्षा नियोगलाई चुनौती दिन्छौं कि उनीहरूले हामीलाई रोकेर देखाउन । हामीले तिम्रा नाकमुनि भएर दिल्लीमा अटयाक गर्नेछौं । तिमीहरू केही गर्न सक्दैनौ । तिमीहरूले मोसादसँग गठबन्धन बनाएर पनि फेल भयौ । अल्लाहको आशिर्वादले तिमीहरू हरेक पटक असफल हुन्छौं ।’

पत्रमा मुकेश अम्बानी र नीता अम्बानीलाई सम्बोधन गरि भनिएको छ ‘ मुकेश दाजुु , नीता भाउज्यु यो त ट्रेलर  हो पूरा इन्तजाम भइसकेको छ ।’

पत्रका बारेमा प्रहरीले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन । गत २५ फेब्रुअरीको साँझ अम्बानीको घर एन्टिलिया बाहिर सो शंकास्पद स्कोर्पियो लगाइएको पाइएको थियो ।कारबाट जिलेटिनका २० डण्डी बरामद भएको छ । कारमा नम्बर प्लेट नकली रहेको छ । जाँचबाट यो कार केही दिन अघि चोरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !