७ बैशाख २०८१, शुक्रबार

साताको पहिलो दिन नेप्से ७९.७४ अंकले घट्यो, शिखर लाइफको सर्वाधिक कारोबार

प्रकाशित मिति :  28 February, 2021 4:10 pm


काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १४.५३ अंकले घटेर ४४७.२९ मा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमुह मध्ये १२ उपसमुह राताम्ये बनेका छन् भने एउटा उपसमुह बढेको छ ।

आज दिन होटेल्स् तथा पर्यटन समूहमा मात्रै ११.०८ अंकले बढेको छ । आज जीवन बीमा समूह सर्वाधिक ६२४.८ अंकले ओरालो लागेको छ ।

उत्पादन तथा प्रशोधन समूह १९८.२ अंकले घटेको यो दिन बैंकिङ समूहमा ५४.५७ अंक, व्यापार समूहमा ११.२२ अंक, विकास बैंक समूहमा ७५.५१ अंक, जलविद्युत् समूहमा ६७.१५ अंक, वित्त समूहमा २९.७४ अंक, अन्य समूहमा ८१.३५ अंक, म्युचुअल फन्ड समूहमा ०.२४ अंक र लगानी समूहमा ४.१३ अंकको गिरावट आएको छ ।

त्यसैगरी, आइतबार कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको एक अर्ब २ करोड १६ लाख ३२ हजार ८ सय २४ रूपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कूल २०७ वटा कम्पनीको एक करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता सेयर किनबेचहुँदा हुँदा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !