१३ बैशाख २०८१, बिहिबार

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति सकृय

प्रकाशित मिति :  28 February, 2021 5:56 pm


काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति सकृय भएको छ ।

प्रतिनिधि सभा पुनस्र्थपना लगत्तै समिति सकृय भएको हो । समिति अन्तर्गत जीवनराम श्रेष्ठ संयोजकत्व उपसमितिको आज बसेको बैठकले कोरोना भाईरस (कोभिड १९) को खोपबारे आउँदो मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लगायत सम्वन्धित पदाधिकारीहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको बैठकले दोस्रो चरणमा गरेको अनुगमनको प्रतिवेदनमाथि पनि छलफल गरेको छ ।



प्रतिक्रिया दिनुहोस !