८ बैशाख २०८१, शनिबार

अयोध्याको राममन्दिर निर्माणका लागि अनुमान भन्दा डेढ गुुना बढी संकलन

प्रकाशित मिति :  28 February, 2021 6:10 pm


काठमाडौ । भारतको अयोध्यामा निर्माण गरिने राममन्दिरका लागि अनुमानित खर्च अनुमान भन्दा डेढ गुुना बढी रकम संकलन भएको छ ।

शनिवार साँझसम्म २१अर्ब भारु संकलन भएको छ । राममन्दिरका लागि अनुमानित १५ अर्ब भारु खर्च हुने अनुमान गरिएको छ ।

यो भन्दा अघि ११ अर्ब भारु खर्च हुने अनुमान गरिएको थियो । विश्व हिन्दु परिषदले १५ जनवरीबाट निधि समर्पण अभियान शुरू गरेको थियो ।

४४ दिन भित्र संकलन पूरा गर्ने लक्ष्य लिइएको थियो ।

जुन प्रान्तमा यो अभियान ढिला गरी शुुरू गरिएको छ त्यस समेतलाई गर्दा अझै यो संकलन बढ्ने अनुमान गरिएको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गोविन्द देव गिरीका अनुसार भविष्य मन्दिरको निर्माण कार्यमा हुने विशेष संशोधनका आधारमा लागत बढ्न सक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !