६ जेष्ठ २०८१, आइतबार

सिन्धु विकास बैंकले बोलायो साधारण सभा

प्रकाशित मिति :  1 March, 2021 3:35 pm


काठमाडौं ।  सिन्धु विकास बैंकले साधारण सभा बोलाएको छ । बैंक संचालक समितिको फागुन १६ गते बसेको बैठकले आउँदौ चैत ९ गते सोमबार आगन्तुक रिसोर्ट प्रा.लि. बनेपामा एघारौं वार्षिक साधारण सभा बोलाएको हो ।

बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने तथा थप फेरबदल गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्न सो सभा डाकेको हो।
बैंकले गत वर्षको मुनाफाबाट यस वर्ष सेयरधनीहरुलाई लाभाशं नदिने घोषणा गरेको छ ।

साधारण सभा प्रयोजनार्थ बैंकले फागुन २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। फागुन २७ गते महाशिवरात्री परेको हुनाले फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले उक्त सभामा सहभागी हुन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !