२० बैशाख २०८१, बिहिबार

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा

प्रकाशित मिति :  2 March, 2021 12:11 pm


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से)ले मंगलबार देखि बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।

सेयर कारोबार भइरहेको समयमा बैंकले लाभाशं सम्बन्धी सूचना नेप्सेलाई पठाएपछि नेप्सेले आइतबारदेखि सेयर कारोबार रोक्का गरेको थियो ।

सांग्रिलाले हाल कायम २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँमा ५प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२% नगद लाभांश पनि दिनेछ ।

बैंकले प्रस्ताव गरेको बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आउँदो वार्षिक साधारण सभाले पारित गरेपछि मौ सेयर धनीलाई वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !