२५ बैशाख २०८१, मंगलबार

सुनकाे मूल्य १ हजार ७ सयले घट्याे

प्रकाशित मिति :  2 March, 2021 11:56 am


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार १ हजार ७ सयले घटेर तोलाको ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य ८८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा बारोबार भएको व्यवसाही महासंघले जानकारी दिएको ।

 



प्रतिक्रिया दिनुहोस !