७ बैशाख २०८१, शुक्रबार

गाउँपालिकाका अध्यक्ष घुस लिएरको रकम बाटोमा फालेर फरार

प्रकाशित मिति :  2 March, 2021 12:24 pm


काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री घुस लिएको रकम बाटोमा फालेर फरार भएका छन् ।

अध्यक्ष क्षेत्री भागेपछि उनका चालक र गाडिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

भवन निर्माण सम्पन्न भएपछि भुक्तानीका लागि सेवाग्राहीसँग अध्यक्ष क्षेत्रीले घुस लिएको अख्तियारको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट गएको टोलीले गाउँपालिका अध्यक्ष क्षेत्री प्र.-०२-००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा ८ लाख रुपैयाँ अतिरिक्त रकम लिई भाग्ने क्रममा पछ्याएको थियो ।

अख्तियारको टोलीले पछ्याएपछि जिल्ला धनुषा छिरेश्वर नगरपालिका वडा नं.५ को बाटो छेउमा फालेर अध्यक्ष क्षेत्री फरार भएका थिए । अध्यक्ष भागेपछि चालक वीरबहादुर मगरलाई वटेश्वर गा.पा.वडा नं. ४ बाट हिजो नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

फालिएको रकम बाटो छेउबाट बरामद भएको प्रवक्ता रिसालको भनाई छ । उनले भेटिएको रकम,चालक र रकम नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !