२० बैशाख २०८१, बिहिबार

‘कुमारी इक्विटी फण्ड’मा फागुन २८ गते सम्म आवेदन दिन सकिने

प्रकाशित मिति :  2 March, 2021 1:38 pm


काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको इक्विटी फन्डमा आवेदन दिने मिति बढेको छ । क्यापिटलले फागुन १४ गतेदेखि बिक्री खुला गरेको कुमारी इक्विटी फन्ड नामक सामुहिक लगानी कोषको आवेदनको लागि म्याद बढाइएको हो ।

कम्पनीले उक्त फण्डमा छिटोमा १८ गतेसम्मा आवेदन बन्द हुने भनिएकोमा आज १८ गते सम्ममा माग बमोजिमको आवेदन नपरेपछी आवेदनको मिति बढाइएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार अब यो फन्डमा ढिलोमा फागुन २८ गतेसम्म आवेदन दिन सकिन्छ। तर यदि मागभन्दा बढी आवेदन परेमा फागुन २८ गते भन्दा अघि नै निष्कासन बन्द गर्न सकिने छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । फण्डले १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई खुल्ला गरेको हो । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन पाइनेछ ।



प्रतिक्रिया दिनुहोस !