६ जेष्ठ २०८१, आइतबार

नेप्से ५९ अंकले घट्दा एशियन लाइफको सर्वाधिक कारोबार

प्रकाशित मिति :  2 March, 2021 4:44 pm


काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज नेप्से मंगलबार ओरालो लागेको छ । आज नेप्से परिसूचक ५९.७० अंकले घटेर २४५५.३३ अंकमा झरेको छ । त्यस्तै नेप्से परिसूचक पनि ९.८० अंकले घटेर ४४३.९५ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये व्ययापार र होटल तथा पर्यटन उपसमुह बाहेक सबै उपसमुह घटेका छन् । आज नेप्सेमा व्यापार समूह २७८.४९ अंकले बढ्दा होटेल तथा पर्यटन समूहमा १६.८६ अंकले वृद्धि भएका छन् ।

आज जीवन बीमा समूह सर्वाधिक ५१९.६७ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ३४३.५७ अंकले घटेको यो दिन बैंकिङ समूहमा ४५.५५ अंक, विकास बैंक समूहमा ६०.५५ अंक, जलविद्युत् समूहमा ४०.९९ अंक, वित्त समूहमा २२.८५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १५०.४८ अंक, अन्य समूहमा ४३.२३ अंक, लघुवित्त समूहमा ११२.०८ अंक, म्युचुअल फन्ड समूहमा ०.२१ अंक र लगानी समूहमा १.९१ अंकको गिरावट आएको छ ।

त्यसैगरी, मंगलबार कारोबार रकमको आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । यता सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पाेरेशनका लगानीकर्ताहरूले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

कूल २०८ वटा कम्पनीको एक करोड ३१ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६ सय ६९ रुपैयाँको कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !