१३ बैशाख २०८१, बिहिबार

सांसदहरूलाई कोरोना विरुद्धको खोप लगाउन सुरु

प्रकाशित मिति :  3 March, 2021 11:05 am


काठमाडौं । सांसदहरूलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

खोप लगाएर मात्रै संसद बैठकमा छिर्न दिइने छ । आज सांसदहरुले खोप लगाउनेछन् भने कर्मचारी लगायत अरुलाई बिहीबार र शुक्रबारलाई समय तोकिएको सचिवालयले जनाएको छ । खोप लगाउनेले मात्रै संसद बैठकमा छिर्न पाउने छन् ।

सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकारहरूलाई खोप लगाउने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !