१४ बैशाख २०८१, शुक्रबार

नेपाल टेलिकमद्धारा नगद लाभांश घोषणा

प्रकाशित मिति :  3 March, 2021 1:11 pm


काठमाडौं । नेपाल टेलिकमले गत अर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बुधबार बिहान बसेको कम्पनी संचालक समितिको बैठकले गत आर्थिक वर्षको नगद लाभांश दिने प्रस्ताव गरेको टेलिकमले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले प्रस्ताव गरेको उक्त नगद लाभांश नेपाल सरकारबाट स्वीकृत भएपछि मात्रै आगामी वार्षिक साधारणसभाले पारित गरेर सेयरधनीलाई वितरण गरिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !