८ बैशाख २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक पेरिस डाँडामा सुरु

प्रकाशित मिति :  3 March, 2021 1:57 pm


काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बस्न बसेको हो ।

केही समय अगाडी बसेको स्थायी कमिटीको बैठकले संसदीय दलको नेता फेर्ने विषयलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि दुई पक्षमा विभाजित नेकपाको प्रचण्ड९नेपाल समूहले प्रतिनिधिसभा पुनस्र्थापनापछि बस्न लागेको प्रतिनिधि सभाको बैठकका विषयमा छलफल गर्नेसमेत बताइएको छ।

नेकपाले आजको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्र साथमै लिएर आउन निर्देशन दिएको थियो। नेकपाले आजै बहुमत केन्द्रीय सदस्यको नागरिकता र पार्टीले जारी गरेको परिचय पत्र निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ।



प्रतिक्रिया दिनुहोस !