१२ बैशाख २०८१, बुधबार

समग्र बजार राताम्ये हुँदा, नेपाल टेलिकमको सर्वाधिक कारोबार

प्रकाशित मिति :  3 March, 2021 3:45 pm


काठमाडौं । केही दिनदेखि ओरालो यात्रा तय गरेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक आज पनि ओरालो लागेको छ ।

बुधबार नेप्से परिसुचक ३९.२३ अंकले घटेर २४१६ अंकमा झरेको छ । त्यस्तै नेप्से परिसूचक पनि ७.१२ अंकले घटेर ४३६.८० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार र होटल तथा पर्यटन बाहेक सबै उपसमूहको शेयर राताम्मै देखिएको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल टेलिकमले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीले २९ करोड ९७ लाख ९ हजार बराबरको कारोबार गर्न सफल भएको छ ।

कूल २१२ वटा कम्पनीको एक करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २५ करोड ४८ लाख ९ हजार १ सय ३५ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !