१५ चैत्र २०८०, बिहिबार

वार्तामा बसेका सरकार र विप्लव नेतृत्वको नेकपालाई डा. भट्टराईको सुझाव

प्रकाशित मिति :  3 March, 2021 8:23 pm


काठमाडौं ।  पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार र विप्लव नेतृत्वको नेकपाबीच भइरहको वार्ता सकारात्मक भएको बताएका छन् ।

सामाजिक सञ्जालमा वार्ताबारे आफ्नो धारणा राख्दै डा. भट्टराईले वार्तालाई तत्कालीन राजनीतिक लभांशनिम्ति नभई दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तनका निम्ति प्रयोग गरे मजबुत हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “विप्लव समूहसंग वार्ताको प्रयत्न ठीक छ।दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तननिम्ति यसलाई प्रयोगगरे गजबहुनेछ।संगसंगै तत्कालीन जनयुद्ध र राज्यको नेतृत्वगर्ने शक्तिहरूसंग समझदारी गरेर टिआरसी/वेपत्ता आयोगको काम टुंग्याए सुनमा सुगन्ध हुनेछ ।”

हिजो मात्रै वार्ता टोलीको घोषणा गरेका सरकार र नेकपाबीच आजदेखि औपचारिक वार्ता सुरु भएको छ । आजै दुई चरण वार्तापछि सरकारका वार्ता टोली सदस्य डा. राजन भट्टराईले वार्ता सकारात्मकम भएको र विषयवस्तुमा केन्द्रीत भएको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !