२६ बैशाख २०८१, बुधबार

ताेलामै १ हजारले घट्याे सुनकाे मूल्य

प्रकाशित मिति :  4 March, 2021 11:52 am


काठमाडाैं । बिहिबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

बुधबार ५ सयले बढेर ८७ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार १ हजारले घटेर प्रतितोला ८६ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाही महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार रहेको छ ।

त्यस्तै बिहिबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार १३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहिबार प्रतितोला ३० रुपैयाँ घटेर १२८५ रुपैयाँ कारोबार मूल्य तोकएिको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !