२३ बैशाख २०८१, आइतबार

भोलिदेखि नागरिक लगानीकोषको सेयर लिलामीमा, कहाँबाट आवेदन दिने ?

प्रकाशित मिति :  4 March, 2021 12:52 pm


काठमाडौं । नागरिक लगानीकोषले भोलिदेखि सेयर लिलामीमा बिक्री खुला गर्दैछ । कोषले ३ लाख ५४ हजार १ सय ५० कित्ता सेयर भोली शुक्रबारदेखि लिलाम बढाबढ गरेर बिक्री गर्न लागेको हो ।

कोषले गत पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो तर त्यसमा आवेदन नपरेको ३ लाख ५४ हजार १ सय ५० कित्ता सेयर कोषले लिलामीमा राखेको हो ।

लगानीकर्ताले भोलि फागुन २१ गते, शुक्रबारबाट चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कोषले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेका छ । लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँ, नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौँ तथा शाखा कार्यालयहरू मोरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !