६ जेष्ठ २०८१, आइतबार

ज्योति लाइफको इन्स्योरेन्सको आइपीओ भोलि निष्कासन हुने

प्रकाशित मिति :  4 March, 2021 3:28 pm


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ भोलिदेखि निष्कासन हुने भएको छ । शुक्रबारदेखि कम्पनीले सर्वसाधारणको लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मितिभन्दा २ दिनअगाडि नै निष्कासन गर्न लागिएको हो। यसअघि यो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो।

सीडीएससीले कारोबार दिनमा मेरो सेयर पोर्टलमा लोड पर्ने हुँदा शुक्रबार सेयर आइपीओ निष्कासन मिति २ दिन अगाडी सारिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नछन्। लगानीकर्ताहरुले सि(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।



प्रतिक्रिया दिनुहोस !